• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

बैंकहरुबीच ब्याजदर बढाउने होेडबाजी

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । बैंकर्स संघले सर्वसाधारण व्यक्तिगत निक्षेपकर्तालाई दिने मुद्दतिको ब्याज बैंकहरुलाई आफ्नो अनुकुलतामा तोक्न दिने निर्णयसँगै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा भएको हो ।

बैंकर्स संघको उक्त निर्णयसँगै कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत पुर्याएको छ । बैंकले तीन वर्ष अवधिका लागि न्यूनतम १० हजार रुपैयाँ बचत गर्न सकिने जनाएको छ । 

त्यस्तै माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ । बैंकले मासिक ब्याज भुक्तानी गर्ने गरी ५ वर्षका समयावधिका लागि व्यक्तिगत मुद्दतीमा साढे १२ प्रतिशत ब्याज दिने भएको हो । 

यता जनता बैंकले भने मंगलबार नै मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत पुर्याइसकेको छ ।  

बैंकर्स संघको मंगलबारको बसेको बैठकले व्यक्तिगत निक्षेपका हकमा वाणिज्य बैंकले आफ्नो अनुकुलमा ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

विगतमा बैंकहरुबीच भद्र सहमति नहुँदा ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो । बैंकहरुबीच भएको भद्रसहमति अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाँच महिनामा ५२ आयोजनासँग विद्युत खरीद सम्झौता

  • २ पौष, २०७५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत खरीद सम्झौता गरेको छ

सेयर बजारमा आमरण अनशनको न्यून प्रभाव, दोहोरो अंकले बढ्यो नेप्से सुचक

  • २ पौष, २०७५

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार करिब १९ अंकले बढेको नेप्से सुचक आज १५ दशमलव १७ अंकले बढेर १

अपेक्षाभन्दा बढी पर्यटक भित्रिएपछि प्रदेश सरकारमा खुसीयाली

  • २ पौष, २०७५

पर्वत । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।  नेपालमा सबैभन्दा बढी