बैंकहरुबीच ब्याजदर बढाउने होेडबाजी

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । बैंकर्स संघले सर्वसाधारण व्यक्तिगत निक्षेपकर्तालाई दिने मुद्दतिको ब्याज बैंकहरुलाई आफ्नो अनुकुलतामा तोक्न दिने निर्णयसँगै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा भएको हो ।

बैंकर्स संघको उक्त निर्णयसँगै कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत पुर्याएको छ । बैंकले तीन वर्ष अवधिका लागि न्यूनतम १० हजार रुपैयाँ बचत गर्न सकिने जनाएको छ । 

त्यस्तै माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ । बैंकले मासिक ब्याज भुक्तानी गर्ने गरी ५ वर्षका समयावधिका लागि व्यक्तिगत मुद्दतीमा साढे १२ प्रतिशत ब्याज दिने भएको हो । 

यता जनता बैंकले भने मंगलबार नै मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत पुर्याइसकेको छ ।  

बैंकर्स संघको मंगलबारको बसेको बैठकले व्यक्तिगत निक्षेपका हकमा वाणिज्य बैंकले आफ्नो अनुकुलमा ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

विगतमा बैंकहरुबीच भद्र सहमति नहुँदा ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो । बैंकहरुबीच भएको भद्रसहमति अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर