• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पोल्याण्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी बिहिबार बिहान स्वदेश फर्केकी हुन् ।

पोल्याण्डको कातोबीचे शहरमा भएको उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार त्यसतर्फ प्रस्थान गरेकी थिईन् । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेकी थिईन् भने भ्रमणका क्रममा राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको थियो ।

भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुखहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर