• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

फ्रेन्ड्सले आर्मीलाई बराबरीमा रोक्यो

तस्वीर साैजन्य : एन्फा

ललितपुर । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्सले आर्मीलाई बराबरीमा रोकेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा फ्रेन्ड्सले आर्मीलाई गोरहित बराबरीमा रोकेको हो । खेलको १५ औं मिनेटमा आर्मीको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले बचाए । २० औं मिनेटमा फेरी आर्मीको अर्को मौका पाएको थियो । जसमा फ्रेन्ड्सका गोलकिपर लिम्बुले नै बचाए । 

पहिलो हाफ गोलरहति बराबरी भएको खेलको ६२ औं मिनेटमा आर्मीले अर्को मौका सिर्जना गरेको थियो तर सफल भएन । ७६ औं मिनेटमा फेरी आर्मीको प्रयासमा फ्रेन्ड्सको डिफेन्सलाइन बाधक बन्यो । बारम्बार फ्रेन्ड्सको पोष्टमा चार्ज गरेको आर्मीको हरप्रयास असफल हुँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

बराबरीपछि आर्मीले लिगको दोस्रो स्थानमा उक्लने सुनौलो मौका गुमाएको छ । जारी लिगमा आर्मीको यो दोस्रो बराबरी हो । आर्मी ६ खेलबाट १४ अंकका साथ लिगको चौथो स्थानमा नै रहेको छ । यता फ्रेन्ड्स ५ अंकका साथ तालिकाको १० औं स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर