• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, पाँचजना बेपत्ता

एजेन्सी । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा एक आपसमा ठोक्किदाँ दुर्घटनाग्रस्त भएको छ । 

सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ । 

अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो । उक्त दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको छ ।

खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाजहरु पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरुले बताएका छन् । पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू बिमान र नौसैनिक जहाजहरुको दुर्घटना हुनेक्रम बढेको छ । 

गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू बिमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर