• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:15 pm

गाउँमा पनि शहरी क्षेत्रमा जस्तै वाइफाई हुने

काठमाडौं । गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । 

भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा र धुलेको मुस्लो देख्नुपर्ने छैन । 

फूर्तिलो गाउँ (स्मार्ट भिलेज) को दृश्य हो यो । यी सबै वा कतिपय ठाउँमा कुन बढी आवश्यक छ त्यही कुरा त्यहाँ सुरु गराउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न स्थानमा कार्यशाला थालेको छ । प्राविधिक सहयोग नास्टले गर्ने भन्दै स्थानीय सरकारलाई आफ्नो ठाउँमा प्रविधि भित्र्याउन प्रेरित गरिरहेको छ ।

स्मार्ट भन्ने कुरा ठाउँअनुसार फरकफरक हुनसक्ने प्रतिष्ठानका प्रविधि सङ्कायका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । कुनै ठाउँका लागि जुन कुरा ‘स्मार्ट’ हो त्यही कुरा अर्को स्थानका लागि त्योभन्दा नयाँ कुरा चाहिन सक्छ । गत वर्ष धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा मुसहर गाउँमा एकीकृत बस्ती निर्माण गरेको थियो । 

त्यही स्थानमा शौचालयको प्रयोगदेखि सरसफाइलगायत जीवनोपयोगी ज्ञान नास्टले सिकाएको छ । पेट्रोलबाट गुड्ने सवारीसाधनले धुँवाधुला फैलाउने हुँदा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नास्टले सरकारलाई सुझाव दिइरहेको छ । 
फोहोरमैलाको व्यवस्थापन अहिले नगर क्षेत्रका लागि प्रमुख चुनौतीका रुपमा देखिएको छ ।

स्मार्ट तरीकाबाट फोहोर व्यवस्थापन गर्दा फोहोर समस्याभन्दा पनि सम्भावना बन्ने ढकालले बताए । नास्टले पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्ने प्रविधि स्थानीय सरकारलाई कार्यशालामार्फत देखाउँदै र सुरु गर्न प्रेरित गर्दै आएको छ । 
पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्दा एकातिर फोहोर व्यवस्थापनमा सहज हुन्छ भने अर्कातिर पेट्रोलको आयात केही परिमाणमा भए पनि कम गर्न सकिन्छ । 

कुहिने र नकुहिने दुवै फोहोरको ‘स्मार्ट’ तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ । घरायसीदेखि सामुदायिक काममा समेत ‘स्मार्ट’ तरिका अपनाउन सकिने नास्टले बताउँदै आएको छ । यीमध्ये कतिपय प्रविधि सरल र सस्तो पनि छन् । धारोमा पानी थाप्दा भरिएपछि आफैँ बन्द हुने वा शौचालयमा फल्स भएर खेर जाने पानीलाई पुनः प्रयोग गर्न सकिने तरिकाले त्यस ठाउँलाई ‘स्मार्ट’ बनाउने प्रमुख ढकालले बताए । 

‘स्मार्ट भिलेट’को अहिले राम्रो सम्भावना रहेको प्रमख ढकालले बताए । एकातिर स्थानीय सरकार पहिलेभन्दा अधिकारसम्पन्न छ भने अर्कातिर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । झट्ट सुन्दा चासो देखाए पनि धेरै स्थानीय सरकारले नयाँ प्रविधि शुरु गरिहालेका भने छैनन ।

विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने संस्था नास्टले अध्ययनको निष्कर्ष विभिन्न माध्यमबाट बाँड्ने गर्छ ।  यसले नयाँ प्रविधिको परीक्षणपश्चात प्रविधि हस्तान्तरण गर्दै आएको छ । नास्टले विभिन्न कार्यक्रममार्फत प्रविधिका बारेमा बुझाउने र शुरु गर्न स्थानीय सरकारलाई प्रेरित गर्ने गरेको छ । 

नास्टले धेरै नगरपालिका र गाउँपालिकामा गएर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीसँग छलफल गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नासाको ‘पार्कर सोलार’ले खिच्यो हालसम्मकै सूर्यको नजिकको तस्विर  

  • २९ मङ्सिर, २०७५

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘द पार्कर सोलार प्रोब’ यानले ताराहरुको कामकाजलाई अध्ययन गर्ने क्रममा सूर्यको अहिलेसम्मकै नजिकको

भारतीय नागरिक २०७ वटासम्म एप्स प्रयोग गर्छन्  !

  • २९ मङ्सिर, २०७५

नयाँ दिल्ली । भारतीय नागरिकहरू मध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

  • २७ मङ्सिर, २०७५

काठमाडौं । सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ ।  विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र