नेपाल आइडल बुद्ध लामा र काउली बुढीसँगै गाउँर्दै
काठमाडौ । नेपाल आईडल पहिलो सिजन को बिजेता बनेर इतिहास रचेका बुद्ध लामाको बर्राइनमा एक सांगीतिक कार्यक्रम हुने भएको छ । उनको यो कार्यक्रम डिसेम्बर १६ तारिकका दिन हुने छ ।
उनले आइडलसंग गरेको अनुबन्धमा रहेर १० भन्दा बढी राष्ट्रहरुमा सांगीतिक कार्यक्रम गरिसकेका छन् । तर नेपाल आईडल संगको अनुबन्ध सकिए पश्चात यो उनको दोश्रो बैदेशिक सांगीतिक कार्यक्रम हो ।
उनको यस आगाडी बेलायतमा कार्यक्रम भइसकेको छ । बहराईनमा हुने यस कार्यक्रममा भने बुद्ध लामा नेपाल आईडलबाट चर्चा कमाएकी काउली बुढी अर्थात् सन्ध्य बुढा र सिर्जना खत्रीसंगै हुने छ । नेपाली क्लब बहराईनले आयोजना गरेको यो कार्यक्रम ‘नेपाली म्युजिक नाइट सांगीतिक’ कार्यक्रम डेलमोन होटेलमा हुने छ ।
प्रतिकृया दिनुहोस