• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:48 pm

कृषि मन्त्री‘बलदेव’ र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’सँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरु सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए । 

अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रीकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ । नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए ।

 नेपालमा हरेक बस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ । जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए ।

 त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो । नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाहरुको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदुत बेरीले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विधान मस्यौदामा विवाद कायमै , पदाधिकारी बैठक निष्कर्ष विहिन

  • २ पौष, २०७५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले विधानको मस्यौदामा सहमति जुटाउन केन्द्रिय समिति बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

  • २ पौष, २०७५

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुने

घरभाडा फिर्ता लैजान सांसद सिंहको अनुरोध (पत्रसहित)

  • २ पौष, २०७५

काठमाडौं । कांग्रेस सांसद अमरेश कुमार सिंहले घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् । सांसद सिंहले