के प्रियंका र निकको बिवाह फेक हो ?

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरे । तर उनीहरुको बिवाहको केही दिन नबित्दै अमेरिकाको ‘द कट’ नामको म्यागेजिनले बुधबार ‘के प्रियंका चोपडा र निक जोनसको माया साँचो हो ? भन्दै एक लेख प्रकाशित गरेको थियो । 

यो लेख अमेरिकी पत्रकार मारिया स्मिथले लेखेकी हुन् । साथै यो लेखमा प्रियंकालाई ग्लोबल स्क्याम आर्टिस्ट भनिएको छ भने प्रियंका र निकको विवाहलाई एक धोका बताउँदै निकका साथ प्रियंकाले जबरजस्ती विवाह गरेको बताइएको छ । मारिया स्मिथले उनको यस लेखमा प्रियंका र निकबीचको विवाह प्रियंका र उनको टिमद्वारा योजनाबद्ध भएको र यो सम्बन्ध निकको इच्छा विपरित भएको उल्लेख गरिएको छ ।

लेखमा ‘प्रियंका चोपडाका लागि महंगा वस्तुहरु र पैसा अति आवश्यक रहेको र त्यसैका लागि निकका साथ विवाह गरेको बताइएको छ । साथै अगाडि लेखिएको छ ‘विवाह निकै सुन्दर चिज हो । यस कुराले हरेको मनमा एक किसिमको उमंग सिर्जना गर्छ तर दुखको कुरा यो छ की यस विवाहले कुनै पनि किसिमको भावना सिर्जना गरेन । खासमा निक हलिउडमा आएकी यि नयाँ महिला (प्रियंका)का साथ केही दिन बिताउन मात्रै चाहन्थ्यो ।          

 तर यि ग्लोबल स्क्याम आर्टिस्टका साथ उनले जन्म कैदको सजाय भोग्नु पर्‍यो । यो भन्दा पनि धेरै दुःखद कुरा यो छ की यस ग्लोबल स्क्याम आर्टिस्ट (प्रियंका चोपडा)ले निकलाई घोडाको पिठ्यूमा बसाएर विवाह गरिसकिन् र निकलाई एक पटक पनि सोधिनन के उनी त्यस घोडामा सहज महसुस गरिरहेका छन्’ । साथै लेखको अन्तमा लेखिएको छ ‘निक यदी तिमी यो लेख पढीरहेका छौ भने जति सक्दो छिटो त्यस घोडामा बसेर त्यहाँबाट छिट्टै बाहिर निस्कनु ।’

 बुधबार ‘द कट’ को यो आर्टिकल सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बलिउड कलाकारहरु तथा प्रियंकाकी जेठानी तथा हलिउड अभिनेत्री सोफी टर्नरल यो लेख निकै नै घटिया तथा लाजमर्दो लेख भएको र यस्तो लेख प्रकाशित गर्ने ‘द कट’ अनलाइनले यसको जवाफ दिनुपर्ने बताएकी थिइन् । 
बलिउड तथा हलिउड कलाकारहरुको चर्को विरोधका साथै सामाजिक संजालमा अत्याधिक आलोचना पछि ‘द कट’ अनलाइनले माफी माग्दै लेखलाई हटाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर