• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मन्त्रिपरिषद निर्णय : मन्त्री निवास भैंसेपाटी सार्नेदेखि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा कोष स्थापना गर्नेसम्म

फाइल तस्बिर

काठमाडौं । सरकारले गत १७ गते बसेको मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रीपरिषद बैठककले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको जानकारी मन्त्री बाँस्कोटाले दिएका छन् । उनका अनुसार सरकारले पुल्चोकमा विशिष्ट व्यक्तिहरुको आवासका लागि भवन बनाउने निर्णय गरेको छ । 

त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट प्राप्त ुलिडरसिप एन्ड गुड गभर्मेन्सु अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलर सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि गरिएको छ । त्यस्तै, नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ । 

मन्त्रिपरिषद निर्णय

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर