• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:29 pm

खानेपानी विधेयक पेश हुँदै

काठमाडौं । खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक अब बस्ने सङ्घीय संसद्मा प्रस्तुत हुने भएको छ । संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक हकअन्तर्गत समावेश गरेको सन्दर्भमा राज्यका तीनवटै तहमा त्यसको प्रत्याभूतिका निम्ति उक्त विधेयक सदनमा पेश गर्ने तयारी भएको हो । 

एशियाली विकास बैङ्कको सहयोगमा देशका विभिन्न २९ शहरमा सञ्चालित साना सहरी खानेपानी तथा सरसफाइ क्षेत्र आयोजनाको समीक्षा कार्यक्रममा एकजना वरिष्ठ सरकारी अधिकारीले खानेपानी तथा ढल व्यवस्थापन र सरसफाइसम्बन्धी विधेयक अपरिहार्य भएकाले त्यो अबको अधिवेशनमा पेश गरिने बताएका हुन् । 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विचाराधीन रहेको बताए । प्रस्तुत विधेयकले स्थानीय, प्रदेश र सङ्घीयस्तरमा खानेपानी तथा सरसफाइसम्बन्धी क्षेत्राधिकार तोक्न, सेवाको नियमन तथा प्रशोधन प्रणाली, मापदण्ड निर्धारणलगायत व्यवस्था गर्ने उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बसको ठक्करबाट दुई जनाको मृत्यु

  • २ पौष, २०७५

बाँके । बाँकेको बैजनाथ गाउँपालिका ५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ

ऐनहरुको अध्ययन गर्न उपसमिति गठन

  • २ पौष, २०७५

काठमाडौं । विधायन व्यवस्थापन समितिले हाल कार्यन्वयनमा रहेका ऐनहरुको अध्ययन गर्न बिभिन्न ४ उपसमिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार

स्थानीय तहका कर्मचारी आन्दोलनमा

  • २ पौष, २०७५

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति आपत्ती जनाउदै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले सोमबार बिभिन्न