• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:24 pm

संविधान उल्टाउनेतिर सोच्न जरुरी छैन : प्रचण्ड

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक व्यवस्था र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बा भएको बताएका छन् ।

बिहीबार लुम्बिनीमा सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने, ‘यी चार एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा ढल्दा अरु तीनवटा पनि बाँकी रहँदैनन् ।’

प्रचण्डले आफूहरुले संविधानमा सनातनदेखि चल्दै आएको संस्कृति संरक्षणको कुरा गरेको भन्दै धार्मिक स्वतन्त्रताको सम्मान गरिएको स्पष्ट पारे । उनले राज्यले धर्मका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगरोस् भन्ने व्यवस्था गरिएको बताए । ‘हाम्रो संविधान मौलिक र सन्तुलित छ । त्यसैले कोही पनि शक्ति यो संविधान उल्टाउनेतिर सोच्न जरुरी छैन’ प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले अहिलेको वामपन्थी सरकारबाहेक कसैले पनि राजनीतिक स्थिरता दिन नसक्ने जनाए ।  उनले भने , ‘सरकारले धेरै गर्न सकेन होला । तर, यसको विकल्प अरु हुन सक्दैन । हिजोको जस्तै देशलाई द्धन्द्धमा फर्काउने कसैले सोचेको छ भने त्यो आत्मघाती सोचाइ हो । त्यतातिर सोचेर टाउको नदुखाउँदा हुन्छ ।’
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विधान मस्यौदामा विवाद कायमै , पदाधिकारी बैठक निष्कर्ष विहिन

  • २ पौष, २०७५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले विधानको मस्यौदामा सहमति जुटाउन केन्द्रिय समिति बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

  • २ पौष, २०७५

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुने

घरभाडा फिर्ता लैजान सांसद सिंहको अनुरोध (पत्रसहित)

  • २ पौष, २०७५

काठमाडौं । कांग्रेस सांसद अमरेश कुमार सिंहले घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् । सांसद सिंहले