• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । यहाँको सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रु टेकबहादुर खाम्चाको मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका–५ घर भई हाल तानसेन नगरपालिका ९ बस्ने ४७ वर्षीय टेकबहादुर खाम्चाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खाम्चालाई बुधवार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर