• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

प्लाष्टिकजन्य झोला बरामदपछि नष्ट

पाल्पा । पाल्पा सदुरमुकाम तानसेन बजारमा निषेधीत प्लाष्टिकजन्य झोला ठुलो परिमाणमा बरामद गरि नष्ट गरिएको छ । पछिल्लो समय तानसेन बजार भित्र नै पलाष्टिकजन्य झोलाको प्रयोग जथाभावि भएको गुनासोको बढेपछि नगर प्रहरी प्रमुख जयप्रकाश उप्रेत्तिको नगरप्रहरीको अनुगमन टोलीले ठुलो परिमाणमा प्लाष्टिकजन्य झोल बरामद गरेको थियो । नगर प्रहरीको सक्रियतामा तानसेन नगरपालिका १ को मिशन, ६ को बतुङ्ग र ७ को प्रभास क्षेत्रबाट सबै भन्दा बढी अन्दाजी ३ क्विन्टल प्लाष्टिकजन्य झोला बरामद गरि नष्ट गरिएको छ । 

प्लाष्टिक मुक्त सहर तानसेन बजारलाई सार्थक बनाउन बजार क्षेत्रमा पलाष्टिजन्य झोला पुर्णरुपमा बन्देज लगाइएकोे तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालले बताए । पछिल्लो समय तानसेन बजारमा पलाष्टीजन्य झोलाको खुल्ला बिक्रि वितरण भई विक्रेता –उपभोक्ताले मनलागी प्रयोग गर्दा बजार क्षेत्र कुरुप बनेको छ । पलाष्टीकजन्य झोलाको बढ्दो प्रयोगले वातावारण प्रदुषीत बन्नुको साथै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने भएकोले पनि बजारमा प्लाष्टिकजन्य झोलाको प्रयोगमा पुर्ण रुपमा रोक लगाइए नगरपालिकाका वन तथा वातावरण व्यवास्थापन संयोजक भिम बहादुर कुमालले जानकारी दिए । सुन्दर नगरि तानसेन बजारलाई २०७० साल जेठ २२ गते पलाष्टी झोल मुक्त सहर घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर