• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

देशका सक्कली नक्सा र सन्धी–सम्झौता खोज्न कस्सिए सभापति विडारी

काठमाडौं । नेपालको आधिकारीक नक्सा कुन हो भन्ने विषयमा अहिले पनि प्रसस्त बहस छ । सरकारी दस्तावेज तथा कार्यालयमा प्रयोग भएका नक्साबाटै नेपाली भूमि हराएको भनेर सरकारको आलोचना पनि भईरहेको छ । 

नेपालले ईतिहाँस देखि अहिले सम्म विभिन्न देशसँग गरेका सन्धी–सम्झौता लगायतका आधिकारीक र महत्वपूर्ण दस्तावेजहरु कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा सरकारले समेत प्रष्ट भन्न सक्ने अवस्था छैन । राज्यका यस्ता महत्वपूर्ण दस्तावेजहरुको अवस्था पत्ता लगाएर संरक्षण गर्न संसदीय समितिले काम थालेको छ ।

राष्ट्रिय सभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा गठित कार्यदलले अध्ययन थालेको हो । समितिको निर्णय अनुसार गठिन कार्यदलले बिहिबारबाट अध्ययन सुरु गरेको सभापति बिडारीले समाचार दैनिक डटकमलाई जानकारी दिए । विडारी नेतृत्वको कार्यदलमा सुमन प्याकुरेल र दुर्गाप्रसाद उपाध्याय सदस्य तथा राधेश्याम अधिकारी आमन्त्रीत सदस्य छन् ।

कार्यदलले बिहिबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको स्थलगत अध्ययन गरेको छ । अध्ययन पछि बिडारीले भने, ‘एसियाकै ठुलो पुस्तकालय भनेर चिनिएको त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भद्रगोल अवस्थामा पुगेको रहेछ ।’ 

भुकम्पले पु¥याएको क्षतिपपछि पुननिर्माण नगरिएको, बेलायत लगायतका विश्वका अन्य देशसँगको पुस्तकालयको ईन्टरनेट मार्फत कायम गरिएको सम्बन्ध बिच्छेद हुने अवस्थामा पुगेकाे, पुस्तकालयलाई डिजिटलाईज गर्न नसकिएको लगायतका समस्या सेन्ट्रल लाईब्रेरीमा देखिएको सभापति बिडारीले बताए ।

अध्ययन भ्रमणपछि उपसमितिले समिति मार्फत सरकारलाई पुस्तकालयको स्तररोन्नती तथा डिजिटलाईज र ईन्टरनेर मार्फत सम्बन्ध गाँस्न सरकारको ध्यान आकर्षण गराउने भएको छ ।
स्थलगत अध्ययनका क्रममा समितिको टोलिसँग त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनिया, रेक्टर सुधा त्रिपाठी र रजिस्टार डिल्लीराम उप्रती पनि संगै थिए । 

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर