बाहिरिएका पवन आइडलमा किन आए फेरी ? (भिडियोसहित)

काठमाडौँ । गत हप्ता नेपाल आईडलको टप ६ बाट बाहिरिएका पवन गिरी फेरी नेपाल आईडलमा देखिए।  उनले आईडलमा चर्चित पप गीत गाएर पुन आफ्ना दर्शक र साथीहरुको मन जित्न सफल भएका छन्। 

 पवन गिरी अघिल्लो हप्ता भोटिंग कम भएको आधारमा नेपाल आईडलको स्टेजबाट बाहिरिएका थिए। उनी प्रतिस्पर्धीको रुपमा होइन नेपाल आईडलले दिन लागेको सहयोग रकम लिन पुगेका थिए।

 उनलाई नेपाल आईडल परिवारमार्फत अष्ट्रेलियाबाट ८८ हजार अमेरिकाबाट एक शुभ चिन्तकले एउटा एल्बम निकाल्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषण गरेका छन्। यसका साथै एक पटक उनको आगमनले आइडलको मञ्च रङ्गिन भएको थियो । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर