• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

परराष्ट्रमा बेथितिको पराकाष्ट : गुल्मीवालाको बोलवाला

सचिव बैरागीको कमाण्ड खुस्कियो

काठमाडौं । वर्तमान मन्त्रिपरिषदका सदस्य मध्ये विपक्षी समेतले देशको पक्षमा केही काम होला भनेर आशा गरेका नेता हुन् परराष्ट्र मन्त्री, प्रदीप ज्ञावली । तर, उनै ज्ञवालीले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयमा यतिसम्म बेथितिको परकाष्ट होला भन्ने अनुमान संभवत कसैले गरेका छैनन् ।

हो, यस्तै भएको छ, यहाँ । परराष्ट्र मन्त्रालयका कर्मचारीको विदेशस्थित दूतावासमा हुने पोस्टिङ तोक आदेशमा हुन थालेपछि अहिले पीडित कर्मचारी आक्रोशित बनेका छन् । उक्त मन्त्रालयमा अहिले गुल्मीवाला कर्मचारीको बोलवाला चलेको छ ।  अमेरिका र युरोपबाट फर्केका गुल्मेलीको फेरि अब्बल स्थानमा भटाभट पोष्टिङ हुन थालेपछि पीडित कर्मचारी भन्न थालेका छन्,  ‘होइन हो,  हाम्रा हजुरबा पनि गुल्मीबाट बसाई सरेका हुन हामीप्रति किन विभेद ?’

मन्त्री ज्ञवाली गुल्मी क्षेत्र नम्बर २ बाट विजयी सांसद हुंदै परराष्ट्रमन्त्री बनेका हुन् । त्यसैले मन्त्री ज्ञवालीलाई व्यङग्य गर्दै परराष्ट्रका कर्मचारी भन्छन्, ‘होइन भने गुल्मेली भनेपछि अमेरिकाबाट फर्केकालाई फेरी त्यहीँ किन, एउटा कर्मचारी अमेरिका र युरोप घुमी रहने अर्काेलाई भने खाडी मुलुकमा सधँै लाश जम्मा गर्ने र पठाउने काम मै खटाईरहने, यो कस्तो न्याय हो ?’

सचिव बैरागीको कमाण्ड खुस्कियो
मन्त्रालयमा अहिले सचिव शंकरदास वैरागीको चेन अफ कमाण्ड खुस्केको छ । पोष्टिङका हिसावले राम्रा मानिएका मुलुकमा जान गुल्मेली नै हुनु पर्ने बाध्यता सिर्जना भएको छ, भने कामको मूल्याङ्कन भन्दा पहुँचवाला हाबी भएको गुनासो राम्रा देशमा जान नपाएकाहरु गर्दछन् ।  

सिङगो मन्त्रालय गुल्मीका उपसचिव तेजबहादुर क्षेत्रीको कमाण्डमा चलेको एक कर्मचारीले नाम नबताउने सर्तमा समाचार दैनिक डटकमलाई बताए । उनले जे भन्यो वैरागीले त्यसैमा सही धस्काउनु पर्ने परिस्थिति बनेको छ । कर्मचारीको विदेश पोष्टिङमा अनियमिता भएपछि केही कर्मचारीले  सचिव वैरागीलाई लिखितरुपमै कानूनी चूनौतिको सामना गर्न चेतावनी पत्र दिइसकेको एक कर्मचारीले बताए ।

सामान्यतया, अमेरिका तथा युरोपमा एक कार्यकाल बिताएर फर्केका कर्मचारीलाई अर्काे कार्यकालका लागि एसियाली मुलुकमा पठाउने चलन छ । तर, त्यसविपरित अहिले वासिङटन डीसिबाट फर्केका जीतबहादुर कार्कीलाई न्यूर्याेक पठाइएको छ । न्यूर्याेकबाट एक कार्यकाल पुरा गरेर  फर्केका प्रकाश अधिकारीलाई अर्काे कार्यकाल कोपन हेगन र तेस्रो कार्यकालका लागि क्यानडा पठाउने कार्यले खाडी तथा दक्षिण एशियाली मुलुकमा काम गर्ने कर्मचारीको मनोबल कमजोर भएको गुनासो गर्छन परराष्ट्रका कर्मचारी ।


यादव कोइराला डेनमार्क– स्वीट्जरलैण्ड हुदै अष्ट्रेलिया पुग्ने अर्का भाग्यमानी कर्मचारी हुन । दोहाबाट फर्केका प्रेम बराललाई   काएरो पठाइयो ।  यता केशव पन्थी पनि साउदीबाट कतार जान बाध्य भए । मन्त्री ज्ञवाली गाली गर्दापनि मिजासिलो भाषामा नबिझाउनेगरि बोल्ने नेपाली राजनीतिकै एक मृदुभाषी नेता हुन् । तर उनैको मन्त्रालयमा भएको यस्तो विकृतीको जिम्मेवारी उनले लिने कि नलिने ? भन्ने प्रश्न परराष्ट्रभित्र चर्को रुपमा उठ्ने गरेको छ ।

यी र यस्ता प्रवृत्तिले मुलुककमा  सुशासन  देला त ? उनिहरु थप प्रश्न गर्छन, ‘परराष्ट्रमा भनसुन र पहुँच विनाको पोष्टिङ हुने दिन कहिले आउला ?’ भद्र भनिएका मन्त्रि ज्ञावलीको मन्त्रालयमै विधि र पद्दतीलाई यसरी धोती लागेको छ भने अन्यन्त्र के होला ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर