रुदै अनि रुवाउदै निस्किए आइडलबाट बराल (भिडियोसहित)

 काठमाडौं । शुक्रबार नेपाल आइडलमा अतिथिको रुपमा कलाकार निर शाह र गीतकार दिनेश अधिकारी आएका थिए । त्यसैगरी चलचित्र श्रुश्री सम्पतीका कलाकार सलोन बस्नेत र नायिका सारा श्रीपाली आएकी थिइन । उनीहरुले पनि गीत गाएका थिए ।

 कार्यक्रको सुरुवातमा सुमित पाठक र दिपराज खत्रीले  पर्खि बसे बोलको गीत गाएका थिए  । जुन गीत निरशाहले लेखेका हुन । त्यसैगरी अस्मिता अधिकारीलाई साथ दिन स्वस्थिका ढकाल आएकी थिइन उनीहरुले बोल बोल बोलको गीत गाएका थिए ।त्यसैगरी सुमन परिवार र रवी ओडले आखैमा कसैको तस्विर गीत गाएका थिए । मिनराज पौड्याल र अमित बरालले  खुसी छु म आज गीत गाएका थिए ।

 मिलनसंग मिलेर बिक्रम बरालले मेरी बसन्ती गाएका थिए  । तर टप ५ एक जना त जानु थियो । त्यही क्रममा आइडलबाट भोटको आधारमा कम भोट पाएर निस्किए अमित बराल उनी जादाँ मञ्च पुरुै स्तब्ध भएको थियो । अब अर्को साता टप ४ का लागि कडा प्रतिस्पर्धा हुनेछ । रबी अस्मिता,सुमित,बिक्रम टप ४ मा परेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर