• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बुटवलमा पुरुषमाथि चर्चा

रुपन्देही । लेखक सरिता अर्यालद्वारा लिखित ‘पुरुष’ कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । पाठक मञ्च र रेडियो जागरणको संयुक्त आयोजनामा साहित्यकार, लेखक, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो । 

कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यथार्थ कथालाई पुस्तकमा समेटेको टिप्पणीकर्ताले गरे । कथासङ्ग्रहको समीक्षा गर्दै साहित्यकार एवं लेखक ऋषि आजादले पुस्तकले पुरुष वर्गभित्रका अत्याचारीको पर्दाफास गरेको बताए । उनले भने, ‘नेपाली समाजमा नारीले भोग्नुपरेका समस्या र पुरुषले गरेको दमनको बारेमा कृतिमा व्याख्या गरिएको छ ।’  

कार्यक्रममा गिरी श्रीषले पुरुषसत्ताका कारण नेपाली समाजमा महिलाले भोग्नुपरेको समस्या पुस्तकले उजागर गरेको बताए । पत्रकार एवं साहित्यकार दीपक ज्ञवालीले पुरुष कथा सङ्ग्रहले महिलामाथि भएको अत्याचार र पीडालाई कथाका रुपमा बाहिर ल्याएको धारणा व्यक्त गरे । त्यस्तै, मिनाक्क्षी न्यौपानेले नेपाली समाजका महिलाको जीवनमा मेल खाने कथा ‘पुरुष कथा’मा भएको बताइन् । साहित्यकार एंव लेखक दीपक विश्वकर्माले युवा अवस्थामा जीवनको ऊर्जाशील समय प्रवासमा बिताउँदा सिर्जना बाहिर ल्याउन नपाएको पीडा पोख्दै अहिले अध्ययन र लेखनमै समय व्यतीत गर्ने गरेको बताए। 

कथाकार सरिता अर्यालले समाजको यथार्थतालाई कथाका रुपमा प्रस्तुत गरेको बताइन् । ०५४ सालदेखि पत्रकारिता र लेखन कार्यमा क्रियाशील अर्यालको पुरुष कथा सङ्ग्रह दोस्रो कृति हो । उनले यसअघि ‘फर्केर हेर्दा’ कृति प्रकाशन गरिसकेकी छन् । पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर