• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेकपा सचिवालयको आजको बैठक यस कारण भाँडियो

अध्यक्षद्वय क्यानसर पिडित पूर्वसांसद भेट्दै थिए, अन्य नेता 'अपमान'भाे भन्दै बाहिरिए

काठमाडौं । पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउने लगायत विषयमा छलफल गरेर टुंगो लगायन आज दिउसो ३ बजेका लागि नेकपा सचिवालयको बैठकको समय निर्धारण गरिएको थियो । हिजो बस्ने भनेर नबसिकन आजका लागि स्थगित बैठक अन्तिम समयमा भाँडियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल समेत बैठक कक्षमा नदेखिएपनि अन्य सदस्यहरु बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम बालुवाटारबाट निस्किएर हिंडे ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सचिवालयले समाचार दैनिक डटकमलाई दिएको जानकारी अनुसार अध्यक्ष द्वय प्रधानमन्त्रीको सरकारी निवासभित्रै क्यान्सर रोगबाट पिडित तत्कालिन माओवादी केन्द्रकी पूर्व सभासद तथा नेकपाकी नेतृ मणी खम्बुसँग भेटघाट गरिरहेका थिए । 

‘बैठकको निर्धारित समय ३ बजेर केही मिनेट गएको थियो होला, क्यान्सर पिडित पूर्व सांसद आएपछि अध्यक्षद्वयले उहाँसँग भेट गर्दै हुनुहुन्थ्यो, बालुवाटार श्राेत भन्छ, 'त्यहीबेला अन्य नेताहरु बैठक कक्ष छोडेर हिड्नुभयो ।’

‘बैठकको निर्धारित समय भन्दा धेरै ढिलो भएको थिएन, क्यान्सर पिडित पूर्व सांसद भेट्न आएपछि अध्यक्षद्वय छलफलमै हुनुहन्थ्यो, त्यही सामान्य विषयलाई बाहाना बनाएर अन्य नेता निस्कनु भयो’, बालुवाटार श्रोतले भन्यो ।

नेकपाकाे बहुप्रतिक्षित स्थायी समिति बैठक मंसिर २९ मा

 

बैठककक्षबाट बाहिरिएका नेकपा प्रवक्ता श्रेष्ठले भने आफुहरुले पार्टी र नेतृत्वलाई विधि र पद्दती अनुसार चलाउनका लागि बाहिरिएको बताएका छन् । समाचारदैनिक डटकमसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीको यसअघि गरिएको निर्णय अनुसार हामीले बैठक कक्षमा अध्यक्षद्वय र महासचिवलाई समेत नदेखेपछि बाहिरिएका हौं ।’ नेकपाले निर्धारित सयमयमै बैठक सुरु गर्ने, अधिकत्तम १५ मिनेट सम्म पर्खने, स्थगित गर्नुपर्ने भएमा अघिल्लो दिन नै खबर गर्नुपर्ने लगायतको निर्णय गरेको श्रेष्ठको भनाई छ ।

'पार्टीले गरेको निर्णय अनुसार अध्यक्षद्वय बैठककक्षमा नभेटिएपछि म बाहिरिएको हुं, म संगसंगै नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमपनि बाहिरिनुभयो’, प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले भने, ‘यो आफैंलाई सचेत बनाउने र सच्याउँदै लैजाने प्रकृयाको सुरुवात पनि हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर