• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अष्ट्रेलियाकालागि नेपाली राजदुत शेर्पा नेपाल फर्कंदै 

अनुसन्धानमा सघाउँन नेपाल जाँदैछु –राजदुत लक्की शेर्पा  

अष्ट्रेलिया । अष्ट्रेलियाकालागि नेपाली राजदुत लक्की शेर्पा आईतबार नेपाल फर्कदैछिन् । आफ्नै पूर्व सवारी चालक वाङछु शेर्पाले एक टेलिभिजन कार्यक्रम मार्फत राजदुत शेर्पालाईआर्थिक लेनदेन लगायतका बिवादमा मुछेपछि नेपाल सरकारले यसबारे छानविन गरिरहेको छ । 

सरकारले सुरु गरेको सोही छानविन प्रकृयालाई सहयोग पु¥याउदै यथार्थ पत्ता लगाएर सार्वजनिक गर्न आफु नेपाल जान जानेको शेर्पाले समाचार दैनिक डटकमसँग बताईन । ‘मेरोबारे जे हल्ला गरियो त्यसमा कुनै सत्यता छैन, तर हल्ला भईनै सकेछि त्यसबारे सवैले प्रष्ट थाहा पाउनु पर्दछ ।’ समाचार दैनिकसँग कुरा गर्दै राजदुत शेर्पाले भनिन्, ‘राष्ट्रको जिम्मेवार पदमा रहेकाले यस्ता हल्लाहरुको यथार्थ पत्ता लगाउनु मेरो मेरो पनि जिम्मेवारी हो । अहिले सतहमा आएका हल्लालाई छानविन गरि यथार्थ सार्वजनिक गर्ने काममा सहयोग गर्न कै लागि म आईतबार नेपाल जाँदैछु ।’

आफैंले चालकका रुपमा अष्ट्रेलिया लगेका वाङछु शेर्पाले राजदुत शेर्पाको परिवारसँग जोडेर आर्थिक लेनदेन लगायतका मुद्दा उठाएका थिए । तर, अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दुतावासले भने उनको आरोपको खण्डन गर्दै बहुमुल्य सामान चोरेर भागेकाले उनीमाथि मुद्दा चलिरहेको बताएको छ ।

राजदुतमाथि लागेको आरोप र दुताबासले समेत यसअघि सवारी चालकमाथि लगाएको मुद्दा लगायतका विषयमा परराष्ट्रमन्त्रालयले छानविन सुरु गरिसकेको छ । यसअघि नै मन्त्रालयले यथार्थ जानकारी गराउन अष्ट्रेलियास्थित नेपाली दुतावासलाई पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार नेपालमा चलिरहेको छानविनलाई सघाउन भन्दै राजदुत शेर्पा आईतवार नेपाल आउन लागेकी हुन् ।
  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर