• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अभिनेत्री नम्रता श्रेष्ठ

काठमाडौं । नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् ।

धरानमा जन्मिएकी श्रेष्ठ अहिले ३३ वर्ष भइन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायत दजर्नौ  चलचित्रमा अभिनय गरिसकेकी  छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । नम्रता आफ्नो मोडलिङ जीवनमा विभिन्न पत्रिकाको मुख्य पृष्ठमा देखिएकी छिन ।

नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौं पोस्ट पत्रिकाले सन २००५ फ्रेबअरी २१ तारिखमा घोषणा गरेको थियो । उनले नेपालको लोकप्रिय मनोरन्जक वेबसाइट साइबर संसारमा पनि ठाउँ पाईरहेकी छन् । सुन्दरता र अभिनयकी खानी उनी एकैखाले भूमिकामा पनि रमाउन चाहन्नन ।

 हरेक फिल्ममा फरक भूमिका उनका लागि अपरिहार्य हुन्छ । चुनौतीपूर्ण भूमिकासँग पैंठेजोरी खेल्ने उनी लगभग १८ महिनादेखि पर्दामा देखिएकी छैनन । उनले अभिनय गरेको नेपाली चलचित्र ‘प्रसाद’ यहि मंसिर २१ गते रिलिज भैसकेको छ । उनी हरेक पात्र गर्दा चुनौतीपूर्ण भूमिका निभाएको महशुस हुने बताउँछिन । 

दर्शकले खोजेको फरक भूमिकामध्ये ‘प्रसाद’मा निभाएको भूमिका एक रहेको उनको भनाई छ । 

तस्विर :अभिनेत्री नम्रता श्रेष्ठको फेसबुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर