• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जिम होइन, घरका यी ६ काममा पसिना बगाउनुहोस् र फिट रहनुहोस् 

काठमाडौँ । तौल कम गर्न होस् वा आफूलाई स्वस्थ्य–स्फूर्त राख्न हिजोआज मानिसहरु के–के मात्रै गर्दैनन् । विशेष प्रकारको डाइटिङदेखि लिएर जिम गएर पैसा र पसिना दुवै बगाउँछन् । तर, के तपाईले कहिल्यै घरको काम गर्दा क्यालोरी बर्न हुन्छ भन्ने सोच्नुभयो ? छैन भने घरका यी काम गर्नुहोस्, तपाईको क्यालोरी बर्न हुनका साथै स्वास्थ्य र स्फूर्त रहन सक्नुहुन्छ । 

पोचा लगाउनुहोस् – घरको काम छिनो–मसिनो सम्झनेले यस्ता काम गर्नबाट बचिरहेका हुन्छन् । घरमा पोचा लगाउनु अर्थात् भुइ तथा भर्याङ, सोफा, आलमारी पुछ्ने काम पनि एउटा मेहनतको काम हो । यस दौरान व्यक्ति उठ्ने–बस्ने र निहुरिने, हात–खुट्टा खुम्चिने–फुकाउने जस्ता व्यायाम भइरहेका हुन्छन् । यस काम गर्दा कम्मरमा लगातार मुभमेन्टले फ्याट कम गर्नमा मद्दत मिल्छ । २० मिनेटसम्म घर पुछ्ने काम गर्नाले तपाईको १५०सम्म क्यालोरी बर्न हुनसक्छ । 

कपडा धुँदा – तपाई पनि कपडा धुनबाट बच्न वासिङ मेसिन वा धोवीको साहारा लिनुहुन्छ होला । तर, यदी तपाई आफ्नै हातले धुनुहुन्छ भने तपाईको १३० क्यालोरी बर्न हुनमा मद्दत पुग्छ । 

भाडा धुँदा – त्यसो त नेपालमा भाडा धुने काम आफैँले गर्ने गरिन्छ । तर, कतिपयले भाडा–कपडा धुनका लागि मान्छे पनि राख्ने गरिन्छ । यदि तपाई क्यालोरी बर्न गर्न चाहानुहुन्छ भने अबदेखि आफैले भाडा धुन सुरु गर्नुहोस् । यसले तपाईको करिब १२५ क्यालोरी बर्न गर्न सक्छ । 

आफैँ खाना बनाउनुहोस् – आफैँ भान्से भएर खाना बनाउनुका थुप्रै फाइदा छन् । पहिलो त तपाई खानालाई आफैँले स्वास्थ्यकर बनाउनुहुन्छ । तपाई खाना बनाउने दौरान पुरै प्रक्रियाका साथ उभिनुहुन्छ, यसो गर्दा तपाईमा करिब १०० क्यालोरी बर्न हुन्छ । 

कसिंगर बढार्ने काम – घरमा उत्पन्न धुलो तथा कसिंगर बढार्ने काम जसले गर्ने गरेको भए पनि तपाईले भ्याएसम्म आफैँ गर्नुहोस् । बढार्ने काम गरिरहेका दौरान तपाईको करिब १२५ क्यालोरी बर्न हुन्छ । 

आटा मुछ्ने काम – रोटी पकाउन आटा मुछ्दा मात्रै पनि तपाईको शरीरबाट ५० क्यालोरीसम्म बर्न हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर