• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

गज्जब ! एकसाथ २७ कैची पकडेर कपाल काट्ने यी व्यक्ति 

एजेन्सी । तपाई पनि कपाल कटाउन सैलुन वा ब्युटिपार्लर जानुहुन्छ भने त्यहाँ एक हातले एउटा कैची र अर्को हातले काँइयो लिएर कपला काटेको देख्नुहुन्छ । पाकिस्तानका एक युवा विना काँइयो एक साथ २७ कैचीको प्रयोग गरेर कपाल काट्छन् । छैन त गज्जब ? 

पाकिस्तानको गुज्वरावाला क्षेत्रको राहवालीका स्थानीयवासी मुहम्मद अवैस नामक एक युवा हिजोआज आफ्नो कपाल काट्ने गज्जबको शैलीलाई लिएर चर्चामा छन् । उनको विशेषता भनेको उनी आफ्नो ग्राहकको कपला काट्दा एक साथ २७  वटा कैचीको प्रयोग गर्छन् । 

सामाजि सञ्जालमा मुहम्मदको भिडियो निक्कै भाइरल छन् । डेली मेलको खबरअनुसार, २६ वर्षीय मुहम्मद ६ महिनाअघि मात्रै आफ्नो सैलुन खोलेका हुन् । एक पटक कपला काटेको लगभग उनी ४ सय रुपैयाँ लिन्छन् ।

कामलाई लिएर लोकप्रिय भए बारे मुहम्मद भन्छन्, ‘अरुभन्दा केही फरक गर्न लायक रहेछु, भन्ने कुरालाई लिएर म सँधै गर्व महशुस गर्छु’ । सुरु–सुरुमा निक्कै कम मात्रै कपाल कटाउन आउने, अहिले त्यो संख्या निक्कै बढेको उनले बताए ।
 
मुहम्मद १० वर्षदेखि कपाल काट्ने पेशामा संलग्न छन् । उनले कपाल काट्ने तालिम इरानमा लिएका हुन् र पछि उनी इटालीमा काम गर्न थाले । 

‘२७ वटा कैचीलाई हातमा एक साथ पकड्नु सजिलो काम पक्कै होइन । यसका लागि आवश्यक अभ्यास र अनुभवको आवश्यकता पर्छ,’ मुहम्मदले भने

मुहम्मदले कपाल काट्दै गरेको भिडियो पनि हेर्नुहोस् :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर