दुई अंकको आर्थिक वृद्धिका लागि सेयर बजारको विकास अपरिहार्य : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई अंकको आर्थिक वृद्धिका लागि सेयर बजारको विकास अपरिहार्य रहेको बताएका छन् ।

अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी परिचालन र पूँजी निमार्णको आधार सेयर बजारलाई बनाउनु पर्ने बताए । सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले अर्थतन्त्रका सबै सुचक सकारात्मक भएको भन्दै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । 

पछिल्लो समय देशका आर्थिक क्रियाकलाप बढ्दै गएकोले त्यसको प्रभाव सेयर बजारमा परेको उनको भनाई छ । उनले कृषि, औद्योगिक, पर्यटन लगायतका क्षेत्रमा विगतका वर्षहरुको तुलनामा लगानी बढ्दा कर्जाको माग बढेको भन्दै यसले सेयर बजार प्रभावित भएको धारणा राखे । यसका लागि राष्ट्रिय पूँजी निमार्ण गर्नुपर्ने उनको भनाई छ । 

अहिले देशमा खुद तरलता नै अत्यन्तै न्यून भएकाले बैंकहरुले बाहिरबाट पूँजी ल्याउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए । हाल एउटा बैंकले मात्रै विदेशी पूँजी भित्र्याउन सफल रहेको भन्दै अन्य बैंकले पनि त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । 

विज्ञ टोलीबाट समस्याको निकास खोज्नु पर्ने

अर्थमन्त्री खतिवडाले समितिले सेयर बजारका बारेमा निर्णय लिंदा बिज्ञको धारणा लिएर निर्णय लिनु पर्ने बताए । उनले अर्थमन्त्रालय यसअघि नै पूँजी बजारमो देखिएको गिरावट र बढ्दो ब्याजदरका सम्बन्धमा समिति बनाएर अध्ययन थालेको भन्दै समितिको प्रतिवेदन अनुसार समस्याको हल खोज्न सकिने बताए । आउँदो शुक्रबारसम्म समितिको प्रतिवेदन आइपुग्ने उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर