• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लमजुङको इशानेश्वर महादेवमा धार्मिक महोत्सव हुने

लमजुङ् । पश्चिम नेपालका पशुपतिका नाममा परिचित लमजुङको इशानेश्वर महादेव मन्दिरको थप प्रचार प्रसार गरि धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मध्यनेपाल धार्मिक महोत्सव तथा धार्मिक मेला हुनेभएको छ ।

मध्यनेपाल नगरपालिका भोर्लेटार लमजुङ्को आयोजनामा आगामी फाल्गुन १६ देखी २१ गतेसम्म इशानेश्वर महादेव मन्दिरको प्राङ्गणमा धार्मिक महोत्सव गर्ने तयारी गरिएको नगर प्रमुख रमेश कुमार पाण्डेले जानकारी दिए ।

मध्यनेपाल नगरपालिका भित्रका धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने, प्राकृतिक सम्पदा एंव होमस्टेको प्रवद्र्धन गरि पर्यटन विकासका साथै आर्थीक समृद्धिमा टेवा पुर्याउने, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ् संचालन गर्ने, इशानेश्वर देखी नागभैरवसम्म केवुलकार संचालन गर्ने लगायतका उद्देश्यले धार्मिक महोत्सव संचालनको तयारी गरिएको नगरप्रमुख पाण्डेले बताए ।

महोत्सवमा देशविदेशबाट आएका धार्मिक गुरुहरुबाट प्रवचन, श्रीमदभागवत् महापुराण बाचन, सामुहिक एंव व्यक्तिगत रुद्री, पुजाआराधना, शिवलिंगमा गाईको दुध चढाउने, बेलपत्र चढाउने, भजनकृतन, ठाडोभाकाको प्रस्तुती, सन्तानप्राप्तीका लागी ठाडो बत्ति बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै महोत्सवमा भलिवल, छेलो लगायतका विविध प्रतियोगीताहरु संचालन, प्रतियोगीतात्मक कृषी मेला, स्थानिय उत्पादनहरुको हात मेला, मादि नदिमा र्याफ्टिङ्, योग अभ्यास, गिता ज्ञान र पुर्विय दर्शनको व्याख्या लगायतका कार्यक्रमहरु समेत समावेश गरिनेछन् ।

“नेपालको मध्य भाग मध्यनेपाल जाऔँ पुण्य कमाऔँ” भन्ने नारामा साथ आयोजित उक्त महोत्सव सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव मार्फत ३ करोड आम्दानीको अपेक्षा गरिएको नगरप्रमुख पाण्डेले बताए ।

महोत्सवले पछिल्लो समय मानिसहरुमा ह्रास हुदै गएको मावनताको जागरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर