• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बलात्कारको आरोपमा श्रीमान जेलमा,१२ वर्षीया बालिका बनिन् आमा

कास्की । नेपालको कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । तर पोखरामा अचम्मको घटना भएको छ ।

 झट्ट सुन्दा पनि पत्यार लाग्न गाह«ो पर्ने घटना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा भएको हो । उक्त हस्पिटलमा सोमबार १३ वर्षकी एक बालिकाले स्वस्थ शिसु जन्माएर आमा बनेकी छिन् । नौ महिना गर्भमा राखेर छोरा जन्माएकी ति बालिकाको बच्चा साढे ३ किलो रहेको छ ।

अस्पताल श्रोतका अनुसार सामान्य सुत्केरी भएकी हुन । पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ । बालिकाको घर स्याङ्जा हो ।

पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाइदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न सुरु गरिन । त्यहाँ उनी विगत ४ महिनादेखि बस्दै आएकी थिइन ।

अझै रोचक पक्ष के छ भने ती बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिइन । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको श्रोतले बतायो । तर नेपालको कानुनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ ।

ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर