• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ए डिभिजन लिग: आठौँ चरणका खेल आजदेखि

जितविहिन न्युराेडले खाता खाेल्ला त ?

काठमाडाैं । शहिद स्मारक ए डिभिजन लिगमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछ । आठौँ चरण अन्तर्गत आज तीन खेल हुँदैछन् । तीन खेल मध्य पहिलो खेल न्युरोड टिम एनआरटी र सरस्वती युवा क्लबबीच हुनेछ ।

आठौँ चरणसम्म आइपुग्दा एक खेल पनि जित्न नसकेको एनआरटी आज पहिलो जितको खोजीमा हुनेछ । ६ खेलमा पराजित एनआरटीले एक खेल बराबरी खेल्दै एक मात्र अंक जोडेको छ । सरस्वती युवा क्लबले भने दुई खेलमा जीत हात पार्दै लिगको अंक तालिकामा ६ अंक जोडेको छ । सात मध्य पाँच खेलमा सरस्वती पराजित भएको छ ।

यी दुईबीचको खेल विहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

सातदोबाटोमै हुने अर्को खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच हुनेछ । उपाधि होडमा रहेको संकटाले आठौँ चरणसम्म आइपुग्दा सात खेलबाट १८ अंक जोडेको छ । संकटा तेस्रो स्थानमा छ । छैटौँ स्थानमा रहेको हिमालयन शेर्पाको ११ अंक छ ।

आजै हुने अर्को खेलमा एपीएफ र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल हलचोकस्थित एपीएफ को मैदानमा हुनेछ । एपीएफ १० अंक सहित आठौँ स्थानमा छ । जावलाखेल चार अंकसहित ११ औँ स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर