• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चकलेटका कारण जाम भयो सडक  !

एजेन्सी । गाडिको चाप धेरै भए, सडकमा पानी जमेर वा हिउँ जमेर सडक जाम भएको त प्राय सुनिरहेको खबर हो । तर जर्मनीमा चकलेटका कारण सडक जाम भएको छ । 

जर्मनीको वेस्टनेन शहरमा एक फ्याक््ट्रीमा चकलेटले भरिएको ट्यांकी लिक हुँदा यस्तो भएको हो । चकलेटले भरिएको ट्ंयाकी लिक भइ त्यसमा रहेको चकलेट सबै सडकमा पोखियो । चिसोका कारण पोखिएको चकलेट केहिबेरमै जम्यो र सडकनै बन्द गर्नुपर्नेै अवस्था आयो ।

चकलेट जमेर सडकनै बन्द गर्नुपरेपछि २५ वटा दमकलको सहायतामा तातोपानी छर्किएर चकलेट सफा गरि सडक खुलाउनुपरेको अधिकारीहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर