अभिनेत्री जरिन खानको कारको ठक्करबाट एकको मृत्यु

एजेन्सी । बलिउड अभिनेत्री जरिन खानको कारमा ठोक्किएर एक बाइक चालकको मृत्यु भएको छ । भारतको गोवामा जरिनको कारसँग मोटरसाइकलले ठक्कर खाँदा घाइते बनेका ती व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेलमेट नलगाएका कारण टाउकामा गम्भीर चोट लागेका मोटरसाइकल चालक ३१ वर्षीय नितेश गोरलको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले जरिनका ड्राइभरविरुद्ध गोवाको अन्जुना प्रहरी चौकीमा लापरबाहीसँग कार चलाएको भन्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

जरीनले ‘वीर’ र ‘हाउसफूल २’ बलिउड फिल्म र केही तमिल र पञ्जावी फिल्ममा समेत काम गरिसकेकी छन् ।

केही दिनअघि जरिनले आफ्नी पूर्व म्यानेजर अञ्जली आस्थाकमा विरुद्ध मुद्दा दर्ता गरेर चर्चामा आएकी थिइन् । उनले आस्थाले आफूलाई धम्क्याउनुका साथै दुव्यवहार गरेको आरोप समेत लाएकी छन् । उनको मुद्दामाथि अहिले छानबिन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर