अनमोल केसीको रोमान्टिक गीत ‘रहर छ’ रिलिज (भडियोसहित)

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको पहिलो गीत रिलिज भएको छ । गीतमा अनमोल र नवअभिनेत्री उपसना सिंह निक्कै रोमान्टिक मुडमा देखिएका छन् । 

गीतमा आवाज अन्जु पन्त र सुगम पोख्रेलको रहेको छ । गीतमा शब्द दिग्ज धौरालाीको रहेको छ भने संगीत अर्जुन पोख्रेलको रहेको छ । 

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । फिल्ममा नवअभिनेत्री प्रियंका एनभि, सरोज खनाल, प्रशान्त ताम्राकार, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । फिल्म ‘क्याप्टन’ फागुन १७ गते रिलिज हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर