• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

कारबाहीमा १० तालिबान मारिए, १२ पक्राउ

घाज्नी । अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका छन् । 

अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी प्रान्तको काराबाह जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो कारबाही गरिएको अफगान सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस कारबाहीमा तालिबान समूहका कुख्यात कमान्डर अब्दुल अहमद पनि मारिएको विज्ञप्तिमा जनाइएको छ । 

करिब १७ वर्षदेखि अफगान सरकारसँग युद्ध जारी राखेका तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर