• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

देशैभरी ३ वर्षमा, प्रदेश २ मा २ वर्षमा हरेक घरमा विजुली पुग्छ –ऊर्जामन्त्री पुन

लगानी प्रवर्दन गर्न ‘टेक अर पे’

बिरगञ्ज । ऊर्जा, सिंचाई तथा जलश्रोतमन्त्री वर्षमान पुनले आगामी ३ वर्षभित्र देशैभरी विद्युतीकरण पुरा हुने बताएका छन् । आफ्नो मन्त्रालय मातहातका विभिन्न सिंचाई परियोजनाको अनुगमनका लागि प्रदेश २ मा पुगेका मन्त्री पुनले प्रदेश २ मा भने २ वर्षभित्रै विद्युतीकरण सम्पन्न गर्ने बताए ।

पानी आवश्यक परेको बेला नपाउने गण्डक नहरको समस्या रहेको भन्दै समाधानका विषयमा स्थानीय पत्रकारले सोधेको प्रश्नमा मन्त्री पुनले गण्डक नहरको समेत अवलोकन गरेर मन्त्रालयले आवश्यक कदम चाल्ने बताए । नहरले नपुगेमा वैकल्पीक उपाय समेत अपनाएर सिंचाई सुविधा दिलाउने उनको भनाई थियो ।

सरकारले हालै घोषणा गरेको विद्युत उत्पादन सम्झौता टेक अर पे मा गर्ने कुराले ऊर्जा उत्पादनमा बढोत्तरी आउने मन्त्री पुनको भनाई छ । देशमा औद्योगिकिकरण गर्न ऊर्जा र कृषीमा आधुनिकिकरण र व्यवसायीकीकरणका लागि सिंचाई मा लगानी गरेर देशले अवको दशकमा आर्थिक समृद्धी हाँसिल गर्ने उनले बताए ।
  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर