साना किसानको १ अर्ब ऋण मिनाहा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने लाेकप्रिय निर्णय गरेको छ । सरकारका प्रवक्ता गाेकुल बास्काेटाले संचारमन्त्रालयमा बिहिबार अायाेजित पत्रकार सम्मेलनमा साे कुराकाे जानकारी गराएका हुन् । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले ऋण मिनाहा गर्ने निर्णय गरेकाे थियाे ।

साना किसानकाे कृषि विकाश बैंकमा मात्रै  २९ करोड भन्दा धेरै ऋण छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ । सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ । सरकारकाे यो ऋणबाट ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् ।

सरकारले भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु नेपालमा प्रचलनमा राेक लगाउने निर्णय पनि गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर