• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

श्रीलंकामा राजनीतिक अन्यौल गहिरिँदै, संसद भंग गर्ने राष्ट्रपतिको फैसला सर्वोच्चद्वारा असंवैधानिक ठहर 

एजेन्सी । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएको छ । गएको अक्टोबर २६ देखि राजनीतिक संकट सुरु भएको थियो जब राष्ट्रपति सिरिसेनाले सबैलाई चकित पार्दै विक्रमासिंघेलाई बर्खास्त गरी राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे । 

त्यसयता श्रीलंकामा सरकार ठप्प छ । 

पछिल्लो राजनीतिक घटनाक्रमअनुसार श्रीलंकाको सर्वोच्च अदालतले संसद भंग गर्ने राष्ट्रपतिको फैसलालाई असंवैधानिक ठहर गरेको छ । 

राष्ट्रपति मैत्रीपाल सिरिसेनाले अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी उनको स्थानमा महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उक्त निर्णयको चौतर्फी विरोध सुरु भएपछि राष्ट्रपति सिरिसेनाले संसद भंग गरेका थिए । सर्वोच्चको उक्त ठहरपछि अब फेरी विक्रमासिंघे प्रधानमन्त्री बन्न सक्नेछन् । 

संसदले यसअघिपनि राजपाक्षेको विरोधमा दुई अविश्वास प्रस्ताव पास गरिसकेको थियो । बुधबार संसदले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री मान्दै उनको समर्थनमा एक विश्वासको मतसमेत पारित गरिसकेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर