• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ए डिभिजन लिगः मनाङलाई टक्कर दिँदै संकटा, हिमालयन शेर्पा २-० ले पराजित 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले सातौँ जित निकालेको छ ।

आठौँ चरण अन्तर्गत विहिबार भएको खेलमा संकटाले हिमालयन शेर्पालाई दुई शुन्यले हराएको हो ।  जीतसँगै संकटाले लिगको शिर्ष स्थानमा रहेको मनाङसँग अंक बराबरी गर्दै उपाधि होडमा उसलाई टक्कर दिएको छ । 

सातदोबाटो स्थित एन्फा मैदानमा  भएको खेलमा संकटाले १५ मिनेट भित्रमा नै दुई गोल गर्यो । सुरुवात देखि नै आक्राक्रमक रुपमा प्रस्तुत भएको संकटाले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्यो । उसका लागि सेड्रिक अवाले गोल गरे ।

त्यसको तीन मिनेटपछि नै शेर्पाको डिफेन्सको कमजोरीको फाइदा उठाउदै संकटाले अर्को गोल थप्यो । अमित तामाङको प्रहार शेर्पाका डिफेन्सलाईनले क्लियर गर्न ढिलो गर्दा दिपेश आलेमगरले रिबाउन्डमा गोल गरे । दोस्रो हाफमा भने दुबैतर्फबाट कुनै गोल हुन सकेन । 

जितसँगै संकटाले ८ खेलबाट २१ अंक बनाएको छ भने शिर्ष स्थानको मनाङको पनि २१ अंक छ । तर उसले ७ खेल खेलेको छ । यो जितले संकटा फेरी लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

विहिबारनै भएको अर्को खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लव जाउलाखेलसँग १–० ले पराजित भयो । हलचोक मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी अफिज लावलले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । प्रतियोगितामा जाउलाखेलले दोस्रो जित निकाल्यो । जितपछि जाउलाखेलको ८ खेलबाट ७ अंक भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर