आउने भो यूनिभर्सल पावरको ९६ करोड ६१ लाखको आइपीओ

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता आइपीओ निष्काशन गर्नेछ । कम्पनीले कुल जारी पूँजीको ४६ प्रतिशत बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । 

आइपीओ जारी गरेपछि कम्पनीमा सर्वसाधारणको र संस्थापकको सेयर हिस्सा क्रमश ४६ प्रतिशत र ५४ प्रतिशत कायम हुनेछ । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा युनिभर्सलले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर