गोल्ड स्टारको आधिकारिक सोरुम पोखरामा

कास्की । गोल्डस्टार जुत्ताको आधिकारीक सोरुम पोखराको सिदार्थचोकमा संचालनमा आउने भएको छ । पोखरा क्षेत्रमा आम उपभोक्ताहरको माग अनुसार उक्त सोरुम संचालन गर्न लागेको गोल्डस्टारका मार्केटीङ अफिसर रेशम भण्डारीले पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम पोखरामा स्थापना गरिने भएको भण्डारीले जनाए ।

उनका अनुसार बार्षिक रुपमा नेपालमा गोल्डस्टारका एक करोड ५० लाख थान जुक्ता उत्पादन हुने गरेको छ । पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्डस्टारको वार्षीक करिब ५ अर्ब बराबरको जुक्ताको कारोवार हुने बताइन्छ ।

भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरिय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको मार्केटीङ अफिसर भण्डारीले जनाए । 

३ सय कर्मचारी रहेको बताउदै उनले उक्त उद्योगबाट ४ हजार श्रमिक लाभिन्वत भएको दाबी गरे । स्वस्तिका केसी, राजन केसी र सुरज श्रेष्ठ तीन जनाको संयुक्त लगानीमा नेपाली उत्पादन गोल्डस्टारलाई अझ बढी प्रयोगमा ल्याउनको लागि र पोखरा क्षेत्रमा माग बढी भएकोले आफुहरुले उक्त सोरुम पोखराको सिद्धार्थचोकमा स्थापना गरेको संचालक मध्यका एक राजन केसीले बताए ।

उनका अनुसार ५० लाखको लगानीमा उक्त सोरुम स्थापना गरिएको छ । सामान्यतया २ सय देखि २ हजार २ सय मुल्य पर्ने विभिन्न साईज र रंगमा गोल्डस्टार जुत्ता सोरुममा उपलब्ध हुने भएको संचालक स्वस्तिका केसीले बताइन ।

औपचारिक रुपमा पुष २ गते देखि उक्त सोरुम संचालनमा आउने संचालक सुरज श्रेष्ठले बताए । उद्घाटनकोे अवसरमा तीनदिनसम्म गोल्डस्टार जुत्ता खरिदमा १० प्रतिशतसम्म बिषेश छुटको व्यबस्था गरेको उनले बताए । 

पुष २ गते बिहान ११ बजे नायिका बर्षा राउत र नायक सलोन बस्नेतले संयुक्त रुपमा उक्त सोरुमको उद्घाटन गर्नेछन् । पोखरा पश्चात नेपालका अन्य ठाउँमा समेत सोरुम सञ्चालन गर्ने तयारीमा रहेको कप्पनीले  जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर