चौतारी लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।  शुक्रबार कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो । 

लघुवित्तले निष्काशन गरेको कूल ६ लाख कित्ता सेयरमा ९ हजार ३ सय कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।  बाँकी रहेको ५ लाख ६० हजार ७ सय कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका थिए । 

आईपिओमा कुल २ लाख ७३ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४७५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  । वैद्य आवेदक २ लाख ७२ हजार ७ सय १७ मध्ये ५६ हजार ७० जनाले गोलाप्रथाबाट समान १० कित्ताको दरले सेयर पाएका छन् ।

हाल १२ करोड ६० लाख रुपैंया चुक्ता पूँजी रहेको चौतारीको साधारण सेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैंया पुग्नेछ ।

चौतारीले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात शुन्य ४३ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकबाट २०७२ मंसिरमा “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र लिएको संस्थाले ७२ पौष १९ गतेदेखि वित्तीय कारोवार थालेको थियो । केन्द्रिय कार्यालय बुटवल रहेको यो लघुवित्तले विभिन्न १० जिल्लामा वित्तीय सेवा प्रवाह गरेको छ । 

छुटाउनु भयो कि

आउने भो यूनिभर्सल पावरको ९६ करोड ६१ लाखको आइपीओ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर