नेपालले भारतीय नोटबन्दी गर्नुमा यस्तो छ बीबीसी हिन्दीको तर्क

काठमाडौं । नेपाल सरकारले सय रुपैयाँभन्दा माथिका भारतीय रुपैयाँ (भारु) नोटमा प्रतिबन्ध लगाएसँगै भारतमा यसबारे विभिन्न थरी चर्चा परिचर्चा हुन थालेको छ ।  

सरकारले भारतीय २ हजार, ५ सय र २ सय रुपैयाँ दरका नोट नेपाल प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री गोकूल बाँस्कोटाले बिहिबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । भारतीय नोटबन्दी गरेको २५ महिनापछि नेपालमा भारु प्रयोग बन्द गर्ने निर्णय नेपालले गरेको हो ।

भारतीय रुपैयाँमाथि नेपालमा लगाइएको प्रतिबन्ध सम्बन्धमा बीबीसी हिन्दीले विगतमा नेपालमा रहेका भारतीय मुद्रा सटही नहुनुलाई प्रमुख कारणका रुपमा उल्लेख गरेको छ । 

भारतले सन् २०१६ को नोभेम्बर ८ मा लागू गरेको नोटबन्दी पछि उसले नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० को नोट बन्द गर्ने घोषणा गरेका थिए । 

नेपाल सरकारले भारतलाई नोट साट्न पटक-पटक आग्रह गरेपनि चासो देखाएको थिएन । 

बीबीसी हिन्दीले सरकारी प्रवक्ता बास्कोटाको भनाइलाई उदृत गर्दै लेखेको छ । ‘२ हजार, ५ सय र २ सय भारतीय मुद्रा राख्नु, कारोवार गर्नु, सामान खरिद गर्नु र भारतबाट नेपालमा ल्याउन समेत गैरकानुनी हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर