आगामी दुई वर्षमा प्रदेश २ का सबै घरमा बिजुली : मन्त्री पुन

रौतहट। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षमा प्रदेश नम्बर २ का सबै जनताको घरमा बिजुली पुर्याउने बताएका छन् । शुक्रबार रौतहटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रदेश २ का एक लाखभन्दा बढी जनताको क्रममा बिजुली पुगेको भन्दै उनले  नपुगेका र आर्थिक रुपले बिजुली बाल्न असक्षम जनतालाई मिटर बक्स वितरण गरी सबै घरमा उज्यालो पुर्याउने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले स्थानीय खोलामा बाढीले पुर्याएको र पुर्याउन सक्ने क्षति न्यूनीकरण गर्न बाँध बाध्ने र सिचाई आयोजना निमार्णमा प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर