पोखरा विमानस्थलको निमार्ण कार्य ६ महिना अघि सक्छौं - मन्त्री अधिकारी

पोखरा । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने बताएका छन् ।

शुक्रबार, तेस्रो काहुँ धरहरा महोत्सवको उद्घाटन गर्न पोखरा ११, काहुँ पुगेका उनले यस्तो बताएका हुन् बेलाबेलामा विमानस्थल नबन्ने आशंका पैदा भए पनि अब कसैले रोक्न नसक्ने उनको भनाई थियो । ‘अब विमानस्थल निमार्ण कार्य कसैले रोक्न सक्दैन,’ उनले भने, ‘एकदमै तिव्र गतिमा काम भई रहेको छ । तोकिएको समयभन्दा ६ महिना अघि काम सक्छौं ।’

२०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्षको नजिक अहिले नै पुगि सकेको उनको भनाई थियो । ‘त्यो सफलताका लागि टाढा जानु पर्दैन,’ उनले भने, ‘२०२० पुग्दा २६/२७ लाख पर्यटक पु¥याउँने छौं । र, २०३० सम्ममा ५० लाख भन्दा बढि पर्यटक भित्र्याउँछौ ।’ जहाजबा ट आउँने पर्यटक मात्र ११ महिनामा १० लाख नाघिँ सकेको उनले सुनाए । पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु नयाँ – नयाँ तरिका अपनाएर पर्यटन बृद्धि गर्नतर्फ लाग्न आग्रह समेत गरे ।

सरकारले अब विकास निमार्णको काम तर्फ गति लिन थालेको उनको भनाई थियो । ‘स्थानीय सरकार जमिनमा छ । प्रदेश सरकार केन्द्रमा छ । र हामी छौं,’ उनले भने, ‘३ वटै सरकारको एउटै लक्ष छ मुलुकको विकास र समृद्धि गुर्न । त्यसका लागि हामी अविचलित भएर अगाडि बढ्छौं ।’

देश विकासको लागि उद्यमशिलताका विकास गर्नु पर्ने उनको भनाई थियो । त्यसको लागि वडा, प्रदेश र संघिय सरकार लागि परेको उनले सुनाए । साथै, काहुँको विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शुक्रबारबाट सुरु भएको महोत्सव पुष ८ गतेसम्म चल्ने छ । काहुँकोे पर्यटन प्रवद्र्धनका साथै काहुँलाई चिनाउँनका लागि मेलाको आयोजना गरेको आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर