• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

बैतडी । दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक छ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । 

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर छ हजार रुपैयाँ पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । 

महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उनले बताए । 

स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । गाउँपालिकाले प्रोत्साहन भत्ता बृद्धि गराएकामा आफूहरू धेरै खुशी भएको श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले उल्लेख गरिन् । 

उनीहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन् । भने जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर