• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सुँगुरको खोर सफा गर्न जानेहरू !

सुँगुरको खोर सफा गर्न जानेहरू
वर्षौं खोरबाट ननिस्केपछि 
बहिर ठूलो हल्लाखल्ला भयो !

सुँगुरको खोर सफा गर्न जानेले 
न सुँगुरलाई बाहिर निकाले 
बरु सुँगुरसगै दोस्ती गरे 
न सुँगुरको खोर सफा गरे 
वरु आफूले पनि त्यहीं विस्ट्याए !

सुँगुरको खोर सफा गर्न जानेहरू
कालान्तरमा आफैं सुँगुर भए 
तिनीहरू कहिलै फर्केर आएनन 
जसरी कहिलै फर्कदैनन्
चिहान पसेका 
या चिता चढेका मान्छे !

वर्षौंपछि 
खोरबाट धमाधम सुँगुरहरू निस्के 
तिनीहरू भन्दै थिए
‘साला मान्छेहरूले,
हगेर बसिसाध्य बनाएनन् हाम्रो खोर !’


सुवर्ण चोक, भक्तपुर
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर