• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ए’ डिभिजन लिगः दाेस्राे स्थानमा उक्लियाे थ्रिस्टार

 काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबारको खेलमा मछिन्द्रविरुद्ध १–० को जित निकाल्दै थ्री स्टार दोस्रो स्थानमा उक्लिएको हो । जीतसँगै थ्रिस्टारले संकटासँग अंक बराबरी पनि गरेको छ । शीर्ष स्थानको मनाङको २४ अंक हुँदा दोस्रो स्थानमा रहेको थ्रीस्टार र तेस्रो स्थानको संकटाको समान २१ अंक रहेको छ ।

थ्रीस्टारले पहिलो हाफको ११ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनाएको  थियो । मछिन्द्रको गल्तीमा थ्रीस्टारले पाएको पेनाल्टीलाई रञ्जित धिमालले गोलमा परिणत गरेका थिए ।

भिमालले गरेको गोलनै थ्रिस्टारको जितका लागि निर्णायक सावित भयो । 

 शनिबारको खेलसँगै ए डिभिजन लिगमा आठौं चरणका खेल पनि सम्पन्न भएका छन् । अब नवौं चरणको खेल सोमबारदेखि शुरुहुने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर