• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नासाको ‘पार्कर सोलार’ले खिच्यो हालसम्मकै सूर्यको नजिकको तस्विर  

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘द पार्कर सोलार प्रोब’ यानले ताराहरुको कामकाजलाई अध्ययन गर्ने क्रममा सूर्यको अहिलेसम्मकै नजिकको तस्विर कैद गरेको छ । 

यो तस्विर खिच्दा पार्कर सोलार प्रोब सूर्यको सतहदेखि लगभग २७.१ लाख किलोमिटरको दुरीमा थियो । 

तस्विरमा बुध ग्रहलाई चम्किलो ठूलो थोप्लाको रुपमा देख्न सकिन्छ, त्यस्तै वरपर देखिएका कालो बिन्दूहरु भने क्यामेरको अवस्थाका कारण देखिएको छ ।

तस्विरमा सूर्यको अत्याधिक सक्रिय क्षेत्र नजिकै सौर्य पदार्थहरु चम्किलो लहरको रुपमा देख्न सकिन्छ ।

यस पार्कर मिसनले सूर्यको रहस्यमयी प्रक्रियालाई बुझ्नमा मद्दत गर्नका लागि मूल्यवान डाटा दिनसक्ने खगोलविदहरुको आशा छ । 

नासाले सूर्यको सतहको अध्ययनका लागि गत अगस्टमा एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको थियो ।

यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल ९कोरोना०मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर