• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि

काठमाडौं । पाँचौ संस्करणको साफ महिला फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यही मङ्सिर २६ गतेदेखि ३३ खेलाडीलाई बोलाएर प्रशिक्षण सुुरु गरेकोमा आजदेखि बन्द प्रशिक्षण सुरु गर्न लागिएको टोलीका प्रशिक्षक हरि खड्काले जानकारी दिए । प्रतियोगिता आउन झण्डै तीन महिना अगाडिदेखि नै नेपालले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो । 

राष्ट्रिय टोलीका २० जना, यू–१९ का नौ र पाँचजना पूर्व राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । चौथो संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हँुदैछ । घरेलु भूमिमा हुन लागेको प्रतियोगिता जित्ने नेपालले लक्ष्य लिएको छ ।

त्यसकै तयारीस्वरुप एन्फाले खेलाडीलाई तीन महिनाअघि नै बन्द प्रशिक्षणमा राखेर तयारी अघि बढाएको मुख्य प्रशिक्षक खड्काले बताए ।  प्रतियोगिताका सबै खेल विराटनगरको शहीद रंगशालामा हुनेछ । महिला टिमले करिब एक महिना विराटनगरको सोही रंगशालामा अभ्यास गर्नेछ ।

तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर