• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

इंग्लिश प्रिमियर लिग : तीन ठुला क्लबहरुको भिडन्त आज

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज तीन ठुला खेलहरु सञ्चालन हुँदैछ ।

आज ठुला क्लबहरु लिभरपुल, चेल्सी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।  प्रिमियर लिगमा आज सबैको पर्खाइमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल हुनेछ । लिभरपुल र युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति पौने १० मा सुरु हुनेछ ।

लिभरपुलको मैदानमा हुने यस खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । लिभरपुल १६ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।  लिभरपुल शीर्ष स्थानको सिटीभन्दा २ अंकले पछि छ । यता, युनाइटेड लयमा रहेको लिभरपुललाई हराएर शीर्ष स्थानको होड खुल्ला गर्न चाहन्छ ।

युनाइटेड २६ अंक जोडेर छैटौं स्थानमा छ ।  युनाइटेडलाई आज लिभरपुललाई हराएर शीर्ष टोलीसंगको अंक दुरी कम गर्ने मौका छ  । यस्तै चेल्सीले ब्राइटनसँग उसैको मैदानमा खेल्दैछ ।  चेल्सी र ब्राइटनबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ  । ब्राइटनविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै शीर्ष तीन क्लबसंगको अंक दुरी कम गर्न चाहन्छ ।

चेल्सी ३४ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै आर्सनलले साउथह्याम्पटनसंग खेल्दैछ । साउथह्याम्पटनको मैदानमा हुने खेल बेलुका सवा ७ मा सुरु हुने । साउथह्याम्पटनविरुद्ध आर्सनल सहज जितको खोजीमा हुनेछ । लिगमा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ । ९ अंक जोडेको साउथह्याम्पटन रेलिगेसन जोनमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर