• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

डिल्लिरामलाई राजीवलोचन पुरस्कार 

काठमाडौं । कवि डिल्लिराम जोशीलाई यस वर्षको कवि शिरोमणि राजीवलोचन जोशी पुरस्कार प्रदान गरिएको छ । कवि शिरोमणी जोशीको ९०औँ स्मृति दिवसको उपलक्ष्यमा जोशीलाई २० हजारसहित खिलशर्मा–राजीवलोचन स्मारक प्रतिष्ठानले सम्मान गरेको हो । पछिल्ला चरणका कविलाई पनि संस्थाले सम्मान गर्नु उदाहरणीय रहेको सम्मानित जोशीले बताए । 

उक्त कार्यक्रमको अवसरमा डा एकारत्न आचार्यद्वारा लिखित नयराज पन्तको गणितीय कृति विमोचन समेत गरिएको थियो । आफूले विद्यावारिधि गर्ने क्रममा गरेको अनुसन्धानलाई पुस्तकका रुपमा निकालिएको उनले जानकारी दिए । उनले भने, ‘गणितसम्बन्धी विषयमा खासै कसैको पनि रुचि पाइएन, त्यसैले पन्तको सम्मानमा यो पुस्तकमा लेख्ने प्रयत्न गरे ।’ 


सो अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा अवस्थित कुशादेवी माध्यमिक विद्यालय र नुवाकोटको भृकुटिगढी माध्यामिक विद्यालयका तीन.तीन जना विद्यार्थीलाई दुई÷दुई हजार छात्रवृत्ति प्रदान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वअध्यक्ष रामनाथ श्रेष्ठले आचार्यद्वारा लिखित पुस्तकको समीक्षा गर्दै रोमबाट गणित विषयको विकास भएको भनी वर्णन गरिए पनि नेपालमा जस्तो लिखित प्रमाण त्यहाँ नरहेको विषयलाई पुस्तकले समेट्न सक्नु सकारात्मक रहेको बताए । 

खिलशर्मा–राजीवलोचन स्मारक प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम जोशीले सामाजिक काममा आफ्नो प्रतिष्ठान अघि बढिरहेको जानकारी दिँदै खोज अनुसन्धानका क्षेत्रमा पनि संस्थाले विभिन्न व्यक्तिहरुलाई सहयोग गरिरहेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर