• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

राजतन्त्र फर्काउन सकिन्छ भनेर सपना देख्नेहरु सक्रिय भएको प्रधानमन्त्रीको टिप्पणी(भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने जनाएका छन् ।

आइतबार नेकपा मुख्यालय धुम्वाराहीमा तत्कालिन एमाले र माओवादी निकट कानून व्यवसायी संगठनको एकता कार्यक्रमलाई सम्वोधन गर्दे प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु लगाएत स्वदेशी विदेशी शक्ति अतालिएको टिप्पणी गर्दै पछिल्लो समय सरकारमाथि भयानक रुपमा प्रचारात्मक हमला भइरहेको पनि बताए ।

उनले प्रहरी तालिम केन्द्र सार्ने विषमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा ल्याउने काम भएको तर्क गरे । प्रहरी तालिम केन्द्र सार्ने निर्णय अहिलेको सरकारको नभएको स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले भने– त्यो कुरा राष्ट्रपतिका विरुद्ध होइन गणतन्त्रको विरुद्धमा हो ।

उनले गणतन्त्रका विरुद्धमा बोल्नेहरु र राजतन्त्र फर्काउन सकिन्छ भनेर सपना देख्नेहरु सक्रिय भएको धारणा पनि राखे । जनताको अधिकार खुम्चिन लागेको तर्क गर्दे कतिपयले बेअर्थमा सरकारको आलोचना गरिरहेको बताए ।

प्रधानमन्त्री आलीले निकै लामो प्रयासपछि मुलुकमा ठूलो परिवर्तन आएको भन्दै अव मुलुक पछाडी हट्न नसक्ने स्पष्ट पारे । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर